काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन विजयी

काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन विजयी



चितवन । नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट चितवनका सात वटै स्थानीय तहमा नयाँ कार्यसमिति चयन भएका छन् । भरतपुर महानगरपालिकाको सभापतिमा चार जनालाई पछि पार्दै चित्रसेन अधिकारी सभापतिमा निर्वाचित भएका हुन् ।

मतगणनाबाट ६४९ मत ल्याएर अधिकारी भरतपुर महानगरको सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा उम्मेदवारी दिएका भरत अधिकारीले ५४६, हिरामणि अधिकारीले १२९ मत अर्जुनप्रसाद रिजालले २६ मत र वचन कार्कीले ७५ मत पाएका थिए । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार चितवनको ७ वटा पालिकाहरुमा नयाँ निर्वाचित समिति आएको छ ।

भरतपुर महानगरपालिकामा अधिकारी, रत्ननगर नगरपालिकामा प्रलाद सापकोटा, खैरहनी नगरपालिकामा गुणराज श्रेष्ठ, कालिका नगरपालिकामा दिपेश्वर केसी,माडी नगरपालिकामा कोमलनाथ भुषाल, राप्ती नगरपालिकामा देवेन्द्र लामा र ईच्छाकामना गाउपालिकामा कृतिकुमार श्रेष्ठ विजयी भएका छन् ।