संसद अधिवेशन अन्त्य, अध्यादेश फिर्ता र मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

संसद अधिवेशन अन्त्य, अध्यादेश फिर्ता र मन्त्रिपरिषद् विस्तार गर्ने सहमति



काठमाडौं । सत्तारुढ गठबन्धनबीच अध्यादेश फिर्ता र मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । हिजो आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकले यो निर्णय गरेको हो ।

अध्यादेश फिर्ता नलिँदा गठबन्धनको घटक जनता समाजवादी पार्टी फेरि विभाजित हुने खतरा देखिएपछि अध्यादेश फिर्ता लिने सहमति बनेको हो । त्यसका लागि संसदको चालु अधिवेशन अन्त्य गर्नुपर्ने भएकाले आज रातिसम्ममा अधिवेशन अन्त्य गर्ने संभावना पनि बढेको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका आज बस्ने बैठकबाट बजेटसम्बन्धी विधेयकहरु सवै पारित गर्ने र अधिवेशन अन्त्य गर्ने सहमति भएको बुझिएको छ । सत्ता गठबन्धनको हिजो बसेको बैठकले सरकारलाई पूर्णता दिने जिम्मा शीर्ष नेताहरुलाई दिएको थियो ।