दलसम्बन्धी अध्यादेश फिर्ता लिने विषयमा छलफल भइरहेको छ : प्रधानमन्त्री देउवा

दलसम्बन्धी अध्यादेश फिर्ता लिने विषयमा छलफल भइरहेको छ : प्रधानमन्त्री देउवा



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दलसम्बन्धी अध्यादेश फिर्ता लिने विषयमा सल्लाह भइरहेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री देउवाले अध्यादेश फिर्ता लिने विषयमा सल्लाह भइरहेको बताएका हुन् ।

अध्यादेशका बारेमा प्रधानमन्त्री देउवाले संसद भवनमा नै नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् । छलफल उनले यस विषयमा सल्लाह भइरहेको बताए ।

त्यस्तै, नेकपा समाजवालीका नेता विरोध खतिवडाले दलसम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको जानकारी दिए । उनले अध्यादेश फिर्ता भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।

जनता समाजवादी पार्टी (जसपा)का नेता मोहम्मद इस्तियाक राईले अहिले दलसम्बन्धी अध्यादेशको औचित्य समाप्त भएकाले अब फिर्ता लिनुपर्ने बताए । उनले एउटै दलमा बस्न नसक्नेलाई अन्य दलमा जाने बाटो खुलाउनका लागि अध्यादेश ल्याइएको र अब त्यसको आवश्यकता सकिएको बताए ।