दल विभाजन सहज बनाउन ल्याइएको अध्यादेश राष्ट्रपतिद्वारा खारेज

दल विभाजन सहज बनाउन ल्याइएको अध्यादेश राष्ट्रपतिद्वारा खारेज



काठमाडौं, ११ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयले सोमबार राति एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छः ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को असोज ११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड ख बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ ।’

आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।