कांग्रेस महाधिवेशन : ललितपुर महानगरपालिकामा सुवानन ध्वाख्वा विजयी

कांग्रेस महाधिवेशन : ललितपुर महानगरपालिकामा सुवानन ध्वाख्वा विजयी



ललितपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ललितपुरका ३ गाउँपालिका, २ नगरपालिका र १ महानगरपालिकाले नयाँ नेतृत्व पाएको छ। गोदावरी नगरपालिका, बाग्मती गाउँपालिका र महांकाल गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएका छन्।

गोदावरी नगरपालिकामा प्रदिप जोशी, बागमती गाउँपालिकामा वीर बहादुर लोप्चन र महांकाल गाँउपालिका खोम प्रसाद दहाल सर्वसम्मत रुपमा सभापतिमा चयन भएका हुन्। कोन्ज्योसोम गाउँपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने मतदान प्रक्रियाबाट पालिका कार्यसमिति चयन भएको हो।

कोन्ज्योसोम गाउँपालिकामा सरोज घलानले सरोज घलान ४५ मत प्राप्त गरि सभापति चयन भए । उनका प्रत्यासी जीवन बलले ३७ मत प्राप्त गरेका थिए।

त्यस्तै महालक्ष्मी नगरपालिकामा दिवाकर सिलवाल ८२ मतले विजयी भए भने उनका प्रत्यासी शुशिल खड्काले ८० मत प्राप्त गरेका थिए। सबै भन्दा बढी क्षेत्रिय प्रतिनिधि रहेको ललितपुर महानगरपालिकामा सुवानन ध्वाख्वा विजयी भएका छन्। उनले २८२ मत प्राप्त गरेको थिए भने उनका प्रत्यासी गणेश भक्त श्रेष्ठले २२१ प्राप्त गरेका थिए।