अध्यक्ष ओली र मन्त्री कार्कीबीच भेट

अध्यक्ष ओली र मन्त्री कार्कीबीच भेट



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भेट भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न मन्त्री कार्की मंगलबार बालकोट पुग्नुभएको थियो । भेटमा सरकारले फिर्ता लिएको राजनीतिक दलसम्बन्धि अध्यादेश, संसद अवरोध अन्त्य लगायतका विषयमा कुरा भएको ओलीको सचिवालयले जनाएको छ ।

सरकारले गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको थियो । अध्यक्ष ओलीले संसद् चालु रहेका बेला कानून निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन नसक्ने जिकिर गर्नुभएको सचिवालयले जनाएको छ ।