कैलाली, धनुषा र सिराहाको कांग्रेस क्रियाशील सदस्यता विवरण सार्वजनिक

कैलाली, धनुषा र सिराहाको कांग्रेस क्रियाशील सदस्यता विवरण सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसले थप तिन जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले कैलाली, धनुषा र सिरहाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको हो । योसँगै प्रदेश नम्बर दुईका चारवटा जिल्ला, महोत्तरी, धनुषा, सर्लाही र सिराहाको क्रियाशील सदस्यता विवरण सार्वजनिक भएको छ ।

कैलाली जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक भएसँगै सुदुरपश्चिमका सबै जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक भएको छ । बाग्मती प्रदेशको रसुवासहित प्रदेश नम्बर दुईका ४ वटा जिल्लाका क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन सकेको छैन । क्रमशः सबै जिल्लाको विवरण सार्वजनिक गरेर दशैंअधि देशभरका सबै जिल्लामा वडा अविधेशन सक्ने तयारी कांग्रेसको छ ।