नेता पुनलाई उपचारका लागि थाइल्याण्ड लगियो

नेता पुनलाई उपचारका लागि थाइल्याण्ड लगियो



काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिएको छ । सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकको सल्लाहमा थाइल्याण्ड लागिएको उनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए ।

नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको बैंककको समितिभेज अस्पतालमा उपचार हुनेछ । यसअघि पनि उनले बैंकको समितिभेज अस्पतालमै उपचार गराएका थिए ।

जण्डिस बिग्रिएपछि देखिने एक प्रकारको समस्याबाट पुन लामो समयदेखि पीडित छन् । गत साता स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

मतदान गर्न

बाँकी