अमेरिकामा रिसाएकी प्रेमिकालाई फकाउँदै दिनेश

अमेरिकामा रिसाएकी प्रेमिकालाई फकाउँदै दिनेश



काठमाडौं । अमेरिकामा साइबर सेक्युरेटी एनालिस्ट इन्जिनियरका रुपमा कार्यरत दिनेश खनाल पहिलो पटक ‘रिसाउ न त रिसाउ’ बोलको गीत मार्फत अभिनयमा डेब्यु गरेका छन्।

गायक प्रताप दासको स्वर रहेको गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ। नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्। अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ।

म्युजिक भिडियोमा दिनेश खनाल र बिष्णु मिश्रलाई क्युट कपलको रुपमा प्रस्तुत गरिएको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। मोडल खनालको आधिकारिक च्यानल ‘दिनेश खनाल अफिसिएल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।