सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले) सहभागी नहुने भएको छ । एमालेले आजको सर्वदलीय बैठक बहिष्कार गर्ने निर्णय गर्दै सहभागी नहुने जनाएको हो ।

संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले बुधबार बिहान १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन। तर, आफूहरु यो बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए ।

वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमालेको असमति रहेको भन्दै बैठक बहिस्कार गर्ने भट्टराईले बताए ।