मन्त्रालय भागबन्डा आजभोलि नै टुंगिन्छ: प्रचण्ड

मन्त्रालय भागबन्डा आजभोलि नै टुंगिन्छ: प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आजभोलि नै सरकार विस्ता हुन सक्ने बताएका छन् ।

बिहीबार सहीद प्रतिष्ठना नेपालको १२औँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,“अर्थ र ऊर्जा मन्त्रालय लिइसकेका छौँ । अरु मन्त्रालय आजभोलि नै टुंगिँदैछ ।” उनले जनयुद्ध र जनआन्दोलनका सहीदहरुलाई राष्ट्रिय सहीद घोषणा गर्ने गृहकार्य भइसकेको समेत जानकारी दिए ।

अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनका उपलब्धी उल्ट्याउन खोज्नेविरुद्ध आफूहरुले जितेको बताए । “हामीले प्रतिगामीविरुद्धको लडाइँ जितेका छौँ । त्यो पनि एउटा जनयुद्ध नै हो,” उनले भने,“हामी पराजित भएको भए गणतन्त्र नै उल्ट्याउने काम हुन्थ्यो । भिन्न रुपको जनयुद्ध नै हामीले जितेका थियौँ ।”

शान्ति प्रक्रियाको १५ वर्षपछि पनि आफूहरुलाई अझै घेरा हाल्ने काम भइरहेको प्रचण्डले दाबी गरेका छन् ।