प्रचण्डमा किन आयो आत्महत्याको सोंच

प्रचण्डमा किन आयो आत्महत्याको सोंच



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले संसद विघटन गर्दा आफू चरम निराशामा पुगेको खुलासा गरेका छन् ।

काठमाडौंमा आयोजित अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा प्रचण्डले तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका ओलीले संसद विघटन गर्दा भगत सिंहको फिल्मको पात्र चन्द्र शेखरले आत्महत्या रोजेजसरी आफू पनि त्यो विकल्प रोज्ने अवस्थामा पुगेको स्मरण गरे ।

कार्यक्रममा प्रचण्डले पछिल्लो समय माओवादी नेताहरु बिग्रिन लागेको गुनासो गरे । केही दिनअघि मात्रै उनले पार्टी नै एमालेकरण हुन लागेको बताएका थिए । । नेताहरु पद, प्रतिष्ठा, पैसा, कमिसनको निम्ती दलाल पूँजीपतिका हितहरूप्रति बढी संवेदनशील भएको र परिवर्तनको निम्ति त्याग गरेकालाई विस्मृतिमा पारिएको उनको भनाइ थियो ।

प्रचण्डमा राजनीतिक निराशाले एकाएक छाएको होइन । यसको पृष्ठभूमि राजनीतिक र पारिवारिक भएको बताइन्छ । आफ्ना महत्वपूर्ण सहयोगी एमाले प्रवेश गरेका छन् । मन्त्री छान्दा नेताहरुले देखाएको दम्भ र माओवादी केन्द्रको भविष्यबारे उनी चिन्तित छन् । त्यसो त उनलाई परिवारिक सुख पनि छैन । एक मात्र छोराको निधनले उनलाई गहिरो चोट पुगेका बेला श्रीमतिको स्वास्थ्य अवस्था त्यत्तिकै पीडादायी छ ।