कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली निर्वाचित

कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत मुस्ताङको सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार उनी सर्वसम्मत निर्वाचित भएका हुन् । गौचन १४औं महाधिवेशन अन्तर्गत जिल्ला सभापति निर्वाचित हुने पहिलो व्यक्ति हुन् ।

होटल व्यवसायी समेत रहेका गौचन यसअघि दुईपटक मन्त्री भइसकेका छन् । मुस्ताङको जिल्ला अधिवेशन शुक्रबार उद्घाटन भएको थियो । शनिबार गौचन सर्वसम्मत सभापति निर्वाचित भएका हुन् ।