१३ जिल्लामा कांग्रेसको वडा अधिवेशन दशैंपछि

१३ जिल्लामा कांग्रेसको वडा अधिवेशन दशैंपछि



काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन १३ जिल्लामा दशैंपछि हुने भएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत क्रियाशील सदस्यको टुंगो लगाउन नसकिएका १३ जिल्लामा दशैंपछि अधिवेशन हुने भएको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बारा, सप्तरी, रौतहट र रसुवाका क्रियाशील सदस्यको नामावली प्राप्त भएको छैन । नामावली प्राप्त भइसकेका ९ जिल्लामा पनि निर्वाचन अधिकृत खटाइएको छैन ।

दशैं नजिकिएसँगै यी १३ जिल्लामा अधिवेश सम्भव नभएपछि दशैंपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने समितिको तयारी छ । डोल्पामा निर्वाचन सामाग्री लिएर निर्वाचन अधिकृतसहितको टोली गए पनि त्यहाँ पुग्न सकेको छैन । १३ जिल्लामा दशैंपछि अधिवेशन गर्ने भनिए पनि त्यसबारे आधिकारीक निर्णय हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

केन्द्रको निर्णय अनुसार कतिपय हिमाली जिल्लामा भने जिल्ला तहकै अधिवेशन भइरहेको छ । २१ हिमाली जिल्लामध्ये रसुवाको भने सदस्यता टुंगिएको छैन ।