एमाले विधान महाधिवेशनमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने

एमाले विधान महाधिवेशनमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने



काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा उठेका प्रशनको जवाफ दिँदै आज सकिने भएको छ । राजनीतिक प्रतिवेदनमा आज अध्यक्ष केपी शर्मा ओली, साङ्गठानिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावमा उपमहासचिव विष्णु पौडेलले उठेका प्रश्नको जवाफ दिने छन् ।

६ हजारभन्दा बढी प्रतिनिधिका बीच शुक्रबार शुरु भएको महाधिवेशनको आजको पूर्ण सत्र बिहान ८ बजे शुरु हुने बताइएको छ।

आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूह र जनसंगठनहरुको समूहको तर्फबाट रिपोर्ट प्रस्तुत हुनेछ। ५ वटा समूहका तर्फबाट सुझाव राखेपछि प्रतिवेदन प्रस्तुतकर्ताले जवफ दिइ आजै महाधिवेशन सक्ने तयारी छ ।

महाधिवेशनले पार्टीको केन्द्रीय निर्वाचन आयोग पनि गठन गर्नेछ । तीनवटा प्रस्तावमाथि विभिन्न १० समूहमा छलफल भएको थियो । नेताहरुले एमालेलाई व्यक्तिवादी भन्दा सङ्गठनात्मक बनाउनुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय सिद्धान्तको राजनीतिलाई कम महत्त्व दिएको, नेतृत्वले नजिकका व्यक्तिलाई मात्रै हेरेको लगायतका समस्या एमालेमा देखिएको भन्दै नेताहरुले अहिलेको शैली परिवर्तन गर्नुपर्ने बताएका छन् ।