‘भोलि बेलुकासम्म मन्त्रीहरुको सपथ हुन्छ’

‘भोलि बेलुकासम्म मन्त्रीहरुको सपथ हुन्छ’



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि बेलुकासम्म मन्त्रीहरुको सपथ हुने बताएका छन् । किसान महासंघको पूर्ण केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आज बेलुकासम्म मन्त्रीहरुको नाम टुंगो लाग्ने बताए । सत्तारुढ दलहरुबीच सत्ता साझेदारिताका साथै सन्तुलन कायम गर्नुपर्ने भएकाले मन्त्रिपरिषद विस्तारमा केही ढिलाई भएको प्रचण्डको भनाइ थियो ।