एमालेमा प्रवेश गरे राजकुमार लेखीले

एमालेमा प्रवेश गरे राजकुमार लेखीले



काठमाडौँ । नेपाल आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन् । ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहित ५५ जनालाई पार्टी प्रवेश गराएका हुन् । लेखीले पहिलो संविधानसभा विघटन पछि एमाले छोडेका थिए । त्यसपछि उनी मधेसवादी विभिन्न दलहरुमा आबद्ध भएका थिए ।