संघीय संसदलाई जीवन्त र जनमुखि बनाउन प्रतिबद्ध छुः सभामुख

संघीय संसदलाई जीवन्त र जनमुखि बनाउन प्रतिबद्ध छुः सभामुख



काठमाडौं, १८ असोज । सभामुख अग्नि सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखि बनाउन आफु प्रतिवद्ध रहेको बताएका छन् । संघीय संसद सचिवालय कर्मचारी युनियनले सोमबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभामुख सापकोटाले संसद्को कार्यभार असामान्य र असाधारण रहेको भन्दै संसदलाई जीवन्त र जनमुखि बनाउन आफु प्रतिबद्ध रहेको बताए ।

उनले आफ्नो सभामुखको पदलाई अन्याय हुन नदिने गरि कार्यसम्पादन गर्ने धारणा पनि राखे । सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने कामलाई अघि बढाउने जिकिर गरे । उनले मुलुकलाई अघि बढाउन एकतावद्ध हुनुपर्नेमा जोड दिए ।