निधि, कोइराला र सिंह छलफलः मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन आग्रह

निधि, कोइराला र सिंह छलफलः मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन आग्रह



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई लिएर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच आज पनि छलफल भएको छ। महाधिवेशनको मिति नजिकिँदै गर्दा सोमबार तीन नेताहरुबीच भएको भेटलाई महत्वपूर्णरुपमा लिइएको छ । तीन नेता बानेश्वरस्थित निधि निवासमा करिब ३ घण्टा बसेका थिए ।

भेटमा महाधिवेशनमा सहमति जुटाएर मिलेर जाने विषयमा छलफल भएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिएका छन् । तीनैजना नेता सभापति पदको आकांक्षी हुन्।

छलफलमा जिल्लाको क्रियाशील सदस्यता विवाद तत्कालै टुंगोमा पुर्‍याउने, क्रियाशील सदस्यको कारण महाधिवेन तालिका प्रभावित हुन नदिने र तोकिएकै समयमा सम्पन्न गराउनुपर्नेमा सहमत भएका छन् । यस्तै, सरकारलाई तत्काल पूर्णता दिनु पर्ने माग समेत उनीहरुले गरेका छन्। महाधिवेशनमा सहमति जुटाएर मिलेर जाने र थप छलफल भेटघाटको दायरा बढाउँदै जाने निष्कर्ष निकालेको बताइएको छ ।