काँग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित

काँग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित



काठमाडौँ । नेपाली काँग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन्। बर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् । दोस्रो चरणमा हिजो (सोमबार) भएको मतदान र मतगणनाअनुसार बर्माले ८७७ मत ल्याएर सभापति जितेका हुन्।

सभापतिका अर्का उम्मेदवार तारा खड्काले ४८५ मत मात्रै ल्याएका थिए भने ११ मत बदर भएको थियो। खड्का पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट हुन्। दोस्रो चरणमा भएको मतदानमा कूल १३७३ मत खसेको थियो । सभापतिका अर्का उम्मेदवार रूद्रबहादुर खड्का भने पहिलो चरणबाटै बाहिरिएका थिए। सभापति शेरबहादुर देउवानिकट खड्का तेस्रो भएका थिए।