‘भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुने’

‘भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुने’



काठमाडौँ । सरकारले भोलि पूर्णता पाउने भएको छ । सत्तारुढ गठबन्धन दलले भोलि दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मेटमणि चौधरीले भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका छन् । ‘मन्त्रिपरिषद् विस्तारको सबै तयारी पूरा भइसकेको छ’, उनले भने, ‘भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

हिजो सत्तारुढ दलको बैठकले मन्त्रालय बाँडफाँट गरेको हो । बाँडफाँटअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चार-चारवटा मन्त्रालय लिने सहमति भएको एक नेताले जानकारी दिए । सत्तारुढ तीन दलले एक-एक राज्यमन्त्री पाउने सहमति गरेका छन् ।

माओवादी केन्द्रले टुंग्यायो मन्त्रीको नाम
नेकपा माओवादी केन्द्रले मन्त्रिपरिषदमा पठाउने थप मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी समिति बैठकले तीन मन्त्री र एक राज्यमन्त्री टुंग्याएको हो ।

माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री पठाउने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ । कस–कसलाई कुन–कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

मतदान गर्न

बाँकी