कांग्रेस कीर्तिपुर सभापतिमा कृष्णमान डङ्गोल सर्वसम्मत

कांग्रेस कीर्तिपुर सभापतिमा कृष्णमान डङ्गोल सर्वसम्मत



काठमाडौं । नेपाली कांग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल चयन भएका छन्। सर्वसम्मत रूपमा कांग्रेस कीर्तिपुर नगर कार्यसमिति चयन गरिएको हो ।

यस्तै उपसभापतिमा सुदन बस्नेत र राजिता महर्जन गौतम, सचिवमा इच्छाकुमार महर्जन र किरण केसी तथा सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन चयन भएका छन्। यस्तै कोषाध्यक्षमा पवित्रा विष्टलाई मनोनित गरिएको छ। कांग्रेस विधानअनुसार कोषाध्यक्ष पदमा मनोनित गर्ने व्यवस्था छ।