प्रदेश २ का मुख्यमन्त्री राउतलाई विश्वासको मत

प्रदेश २ का मुख्यमन्त्री राउतलाई विश्वासको मत



जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री राउतले बुधवार प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेश सभामा रहेका १०४ सदस्यमध्ये राउतले ७७ अर्थात् दुइ तिहाइ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिएका हुन् ।

राउतलाई जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरूले मत दिएका हुन् ।

उनको विपक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एमाले)का गरी २३ सांसदको मत परेको छ । मतदानमा १०० सांसद सहभागी भएका थिए ।