शहरीमा खतिवडा र स्वास्थ्यमा झाँक्री

शहरीमा खतिवडा र स्वास्थ्यमा झाँक्री



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरूको नाम र मन्त्रालयको टुंगो लगाएको छ । शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको नेता विरोध खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार एकीकृत समाजवादीले पाएका चार मन्त्रालय शहरी विकासमा खतिवडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रामकुमारी झाँक्री, पर्यटन तथा नागरिक उड्ययनमा प्रेम आले र श्रम तथा रोजगारमा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । २९ असारमा सरकारको नेतृत्व सम्हालेका देउवाले यसअघि तीन पटक गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए । देउवाले पाँच जनाको भरमा करिब तीन महिना मुलुक हाँकेका छन् ।