प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै



काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट सङ्घीय निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाको तर्फबाटै विचाराधीन रेल्वे विधेयक २०७६ फिर्ता लिनका लागि राष्ट्रिय सभाको सहमतिको निमित्त प्रनिनिधि सभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव समेत प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद बैठकमा विरोध गर्दै आएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सभामुख र प्रधानमन्त्रीको तर्फबाट आफूहरूको असन्तुष्टि सम्वोधनका लागि कुनै पहल नभएका कारण संसदको अवरोध कायमै रहने भएको छ ।