देउवा सरकारमा ६० प्रतिशत नयाँ अनुहार

देउवा सरकारमा ६० प्रतिशत नयाँ अनुहार



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार पूर्णता दिएको मन्त्रिपरिषद्मा ६० प्रतिशत पहिलो पटक मन्त्री बनेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार १८ जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

२५ सदस्यीय सरकारमा १५ जना मन्त्री नयाँ अनुहारका परेका छन् । पहिलो पटक मन्त्री बनेकाहरूमा राजेन्द्र श्रेष्ठ, विरोध खतिवडा, देवेन्द्र पौडेल, उमा रेग्मी, शशी श्रेष्ठ, रामकुमार झाँक्री, गजेन्द्रबहादुर हमाल, महेश्वरजंग गहतराज, रामसहायप्रसाद यादव र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) रहेका छन् । यस्तै राज्यमन्त्रीमा उमेश श्रेष्ठ, उमा श्रेष्ठ, भवानीप्रसाद खापुङ र बोधमायाकुमारी यादव छन् ।