को हुन् सहरी विकास मन्त्री रामकुमारी झाँक्री ?

को हुन् सहरी विकास मन्त्री रामकुमारी झाँक्री ?



काठमाडौं । नेकपा एमालेबाट फुटेर बनेको दल नेकपा (एकीकृत समाजवादी) की सांसद रामकुमारी झाँक्री सहरी विकास मन्त्रीमा नियुक्त भएकी छन् । विंस २०३४ सालमा गुल्मीको म्याल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीको रुपमा रामकुमारी झाँकीको जन्म भएको हो । प्रतिनिधिसभामा रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको समानुपातिक तर्फबाट भएकी सांसद् हुन् । युवा पुस्तामा आशा गरिएकी संघर्षशील, जिम्मेवार र भविष्य भएकी नेतृमा गनिन्छिन् झाँक्री ।

उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरेकी हुन्। उनी विद्यार्थी राजनीति पृष्ठभूमिबाट आएकी हुन्। २०६५ सालमा तत्कालीन नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरामा सम्पन्न महाधिवेसनबाट उनी अध्यक्ष भएकी थिइन्।

०७७ माघ २९ मा प्रहरीले उनीमाथि ‘राज्यविरुद्धको कसुर’ गरेको अभियोगमा शंखमुलस्थित उनकै निवासबाट पक्राउ गर्‍यो । सर्वत्र विरोध भएपछि पाँच घण्टा हिरासतमा राखेर प्रहरीले बयान लिएर उनलाई छोडेको थियो ।