October 24, 2021 कार्तिक ०७ , २०७८

कांग्रेस बझाङको सभापतिमा खडक बोहरा निर्वाचित

कांग्रेस बझाङको सभापतिमा खडक बोहरा निर्वाचित

धनगढी । नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी रमेश भण्डारीलाई पराजित गर्दै सभापतिमा जित हासिल गरेका हुन् । बोहरा ८७७ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका प्रतिस्पर्धी रमेश भण्डारी ५०८ मत ल्याएर पराजित भए ।

यसैगरी उपसभापति बर्क रोकाया र मानबहादुर कठायत विजयी भएका छन् । सचिवमा उत्तम रोकाया र झलक कठायत विजयी भए । सह-सचिवमा उमाशंकर जोशी र राजेन्द्र धामी विजयी भए । सह-सचिव दलिततर्फ सुनिल दमाई र मङल सुनार विजयी हुँदा पुरुष खसआर्यतर्फ अभिषेक सिह विजयी भएका छन् ।