असंलग्न मुलुकहरूको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का ब्रेलग्रेडतर्फ

असंलग्न मुलुकहरूको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का ब्रेलग्रेडतर्फ



काठमाडौं । असंलग्न मुलुकहरूको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्का आज ब्रेलग्रेड प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार सर्वियाका विदेशमन्त्री निकोला सेलेकोभी र अजरबैजानका परराष्ट्रमन्त्री जेहुन ब्यारोमोभको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

असंलग्न मुलुकको साझा सङ्गठन (नाम) स्थापना भएको ६० वर्ष पुगेको अवसरमा उच्चस्तरीय कमोमोरेटिभ बैठकको आयोजना गरिएको छ। उक्त बैठक यही असोज २५ र २६ गते बेलग्रेडमा आयोजना गरिएको छ।

परराष्ट्रमन्त्री खड्काले असोज २५ गते उक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा परराष्ट्रमन्त्रीले द्विपक्षीय एवम् अन्य भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल असोज २७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।