मन्त्री बनेको तीन दिनमै उद्योग मन्त्री हमालद्वारा राजीनामा !

मन्त्री बनेको तीन दिनमै उद्योग मन्त्री हमालद्वारा राजीनामा !



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् ।

२२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गरेका छन्। हमालले त्यत्तिकै विवादमा किन पर्ने भनेर राजीनामा दिने पक्षमा पुगेको बताए । ‘मैले राजीनामाको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइसकेको छु । आज गएर राजीनामा बुझाउँछु’ हमालले भने ।

देउवालाई राजीनामा स्वीकृत गराउन बा​ध्य पार्नकै लागि आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको पनि हमालले बताए । तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिक हुँदा सो पार्टीको बाँके जिल्ला सभापति भएका हमाल प्रधानन्यायाधीश जबराका जेठान हुन् ।

जबराकै कोटामा उनलाई मन्त्री बनाइएको विषय सार्वजनिक भएपछि प्रधानमन्त्री देउवा, प्रधानन्यायाशीश जबराको चर्को आलोचना भइरहेको छ ।