रेल्वे विधेयक २०७६ प्रतिनिधिसभाबाट फिर्ता

रेल्वे विधेयक २०७६ प्रतिनिधिसभाबाट फिर्ता



प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच सरकारले रेल्वे विधेयक २०७६ प्रतिनिधिसभाबाट फिर्ता लिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले राष्ट्रियसभामा उत्पति भई प्रतिनिधिसभामा विचाराधिन रहेको रेल्वे विधेयक २०७६ फिर्ता लिने प्रस्ताव पेश गरेकी थिइन् । बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको हो । बैठकमा सभामुख अग्नी सापकोटाले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्र पढेर सुनाएका थिए भने बैठकमा मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गरिएको थियो ।

त्यसअघि बैठक सुरु हुनेबितिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए । सो क्रममा उनीहरुले एमालेले कारवाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराएको भन्दै नारावाजी गरेका थिए । पटक पटक बस्न आग्रह गर्दा एमालेका सांसदहरुले बिरोधलाई जारी राखेपछि सभामुख अग्नी सापकोटाले कार्यसूचीलाई अघि बढाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक कार्तिक ९ गते बोलाइएको छ ।