नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले लिए शपथ

नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले लिए शपथ



पोखरा । गण्डकी प्रदेशमा नवनियुक्त बिना विभागीय मन्त्री डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि उनी मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए ।

उनलाई मन्त्रीको सूचीबाट हटाएकामा प्रदेश सरकारको विरोध भएको थियो । डोबाटेको नियुक्तिसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ । ६० सदस्यीय प्रदेश सभामा १२ मन्त्रालय बनाउन सकिने संवैधानिक व्यवस्था छ । योसँगै गण्डकीमा संविधानले दिएको अधिकारअनुसार मन्त्री संख्या पूर्ण भएको छ ।
गण्डकीमा कांग्रेस नेतृत्वमा माओवादी, जसपा र जनमोर्चाको गठबन्धन छ । प्रदेशमा कांग्रेसबाट ६, माओवादीका चार, जसपाका एक र एकजना स्वतन्त्र सांसद मन्त्री छन् ।