जि-२० मुलुकको शिखर सम्मेलन आजदेखि

जि-२० मुलुकको शिखर सम्मेलन आजदेखि



काठमाडाैं । भर्चुअलरुपमा जि–२० मुलुकको शिखर सम्मेलन आजदेखि शुरु हुँदैछ। जि–२० मुलुकको अध्यक्ष राष्ट्र इटलीको आयोजनामा आजदेखि भर्चुअलरुपमा सम्मेलन हुन लागेको हो। सम्मेलनमा विशेषतः तालिबानले सत्ता कब्जापछि अफगानिस्तानमा उत्पन्न परिस्थितिबारे व्यापक विचार–विमर्श हुन सक्ने जनाइएको छ।

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने जनाइएको छ। अफगानिस्तानको मानवीय आवश्यकता, सुरक्षा स्थिति, आतंकवादविरुद्धको लडाइ र मानव अधिकारका विषय सम्मेलनमा रहेको मन्त्रालयले जनाएको छ।

सम्मेलनको अध्यक्षता इटलीले गर्ने छ। इटलीको निमन्त्रणामा मोदीले सम्मेलनमा भाग लिन लागेका हुन्। यसअघि प्रधानमन्त्री मोदीले गत महिना अफगानिस्तानको स्थितिबारे एससिओ सिएसटीओ ९सामूहिक सुरक्षा सन्धि संगठन० आउटरिच शिखर सम्मेलनमा भाग लिएका थिए। त्यस क्रममा प्रधानमन्त्री मोदीले अफगानिस्तानमा हालै भएका घटनाक्रमको बारेमा चर्चा गर्दै यसले भारत जस्ता छिमेकी देशहरुमा सबैभन्दा ठूलो असर पार्ने बताएका थिए ।