अपडेटः दुर्घटनामा ज्यान गुमाउने परिवारलाई सरकारले राहत दिने

अपडेटः दुर्घटनामा ज्यान गुमाउने परिवारलाई सरकारले राहत दिने



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सवारीसाधन दुर्घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई उचित राहत दिने बताएका छन् ।
देउवाले दुर्घटनामा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री देउवाले मुगु, कास्की र अछाममा भएका दुर्घटनाले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका सातै परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।

हिजो मुगुमा क्षमताभन्दा बढी यात्रु बोकेको र तीव्र गतिमा रहेको बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । गत सोमबार कास्कीमा जीप दुर्घटना हुँदा ८ जना र अछाममा जन्ती गएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो ।