साफ च्याम्पियनसिप: नेपाल र भारत फाइनलमा भिड्ने

साफ च्याम्पियनसिप: नेपाल र भारत फाइनलमा भिड्ने



काठमाडौं, २८ असोज । साफ च्याम्पियनसिपको १३औं संस्करणको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । बुधबार राति सिंगल राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । यसअघि नेपाल बंगलादेशसँग बराबर खेल्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको थियो ।

मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर सिंहले एक गोल गरे । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए । जितसँगै भारत शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । भारतले ४ खेलमा ८ अंक जोड्यो । पहिलो पटक फाइनल पुगेको नेपालले ४ खेलमा ७ अंक जोड्दै उपविजेताको रुपमा फाइनल पुग्यो । फाइनल खेल आइतबार नेपाली समयअनुसार ४:४५ बजे सुरु हुनेछ ।