आज बडादसैँको अन्तिम दिन: मान्यजनको हातबाट टीका जमरा लगाउने क्रम जारी

आज बडादसैँको अन्तिम दिन: मान्यजनको हातबाट टीका जमरा लगाउने क्रम जारी



काठमाडौं, २ कार्तिक । आज बडादसैँको अन्तिम दिन । आज पनि मान्यजनको हातमा टीका, जमरा लगाउने क्रम जारी छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
कोजाग्रत पूर्णिमाका अवसरमा आज बेलुकीसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत एवं कार्तिक स्नान भने भोलिदेखि सुरु हुने बताइएको छ ।