बाढीपहिरोले पुर्‍याएको क्षति निरीक्षणका प्रधानमन्त्री देउवा सुदूरपश्चिममा

बाढीपहिरोले पुर्‍याएको क्षति निरीक्षणका प्रधानमन्त्री देउवा सुदूरपश्चिममा



काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम भ्रमणमा गएका छन् । सुदूरपश्चिमका जिल्लाहरुमा बाढीपहिरोले पुर्याएको क्षति निरीक्षणका लागि देउवा आज सुदूरपश्चिम गएका हुन् । देउवाको सचिवालयकाअनुसार उनी काठमाडौंबाट सुर्खेत हुँदै सुर्खेतबाट दिपायल जाने कार्यक्रम छ ।

टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर सहित छन् । टोलीले सुदूरपश्चिमको नौ जिल्लाको अवलोकन गर्नेछ । त्यस क्रममा देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन् । टोलि भोलि मात्रै काठमाडौं फर्कनेछ ।