बागमती प्रदेश मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

बागमती प्रदेश मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै



काठमाडौं, ४ कार्तिक । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै छिन् । मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गरेकी थिइन् ।

विश्वासको मतसम्बन्धी प्रस्ताव आज प्रदेशसभामा निर्णयार्थ प्रस्तुत हुनेछ । शाक्यले गएको भदौ २ गते मुख्यमन्त्रीका रूपमा शपथ लिएकी थिइन् ।

नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि उनले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने भएको हो । सत्ता लम्ब्याउन प्रदेशसभाको अधिवेशन हतारोमा स्थगित गरे पनि दल विभाजन भएको मितिले ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्थाले शाक्यलाई बाध्य बनाएको हो ।