नेपालले आज इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दै

नेपालले आज इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दै



काठमाडौं । नेपाली २३ वर्ष मुनीको राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ताजिकिस्तानको गासर सेन्ट्रल मैदानमा इन्डोनेसियाको सामना गर्नेछ । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ मिनेटमा सुरु हुनेछ ।

एएफसी २३ वर्ष मुनिको एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।

यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । छनोट अघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यू-२३ टोलिसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

नेपाली टिम

अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिब गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखि, आकाश बुढा मगर, रोशन पहाडी, ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ, एरिक विष्ट ।