प्रदेश १ : मुख्यमन्त्रीको विश्वासको मत अनिश्चित

प्रदेश १ : मुख्यमन्त्रीको विश्वासको मत अनिश्चित



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेश सभामा आज विश्वासको मत लिने कार्यक्रम अनिश्चित बनेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले आजको प्रदेश सभा बैठक स्थगित गर्न माग गर्दै निवेदन दर्ता गरेपछि आज दिउँसो साढे १२ बजे पछि विश्वासको मतमा छलफल र मतदान हुने कार्यक्रम अनिश्चित बनेको हो । प्रधानमन्त्रीले बाढी पहिरो र डुवान प्रभावित प्रदेश १ को भ्रमणको कारण देखाउँदै आजको बैठक स्थगित गर्न कांग्रेसको निवेदन दर्ता भए लगत्तै कार्तिक १५ सम्म प्रदेश सभा बैठक स्थगित गर्न एमालेको तर्फवाट अर्को निवेदन दर्ता भएको छ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते प्रदेश सभामा प्रस्ताव दर्ता गराउनु भएको थियो । प्रदेश १ मा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् ।