स्कटल्यान्डविरुद्ध अफगानिस्तानको सानदार जीत

स्कटल्यान्डविरुद्ध अफगानिस्तानको सानदार जीत



युएइ । जारी टी-ट्‍वान्टी विश्वकपको सुपर बाह्र अन्तर्गत गएराती सम्पन्न खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको सानदार जीत निकालेको छ । युएईको सारजाहमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा चार विकेट गुमाउँदै १९० रनको विशाल रन बनाएको थियो ।

मध्यक्रमका ब्याट्सम्यान नाजिबुल्लाह जद्रानले आक्रमक ब्याटिङ गर्दै पाँच चौका र तीन छक्कासहित ५९ रनको अर्धशतकीय पारी खेलेका थिए । १९१ रनको जीत लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको स्कटल्याण्ड १० दशमलव २ ओभरमा ६० रन बनाउँदै अलआउट भएपछि अफगानिस्तानले सानदार जीत निकालेको हो ।

अफगानिस्तानका स्पीनरद्वय मुजिबुर रहमान र रसिद खानले कुल ९ विकेट लिंदै स्कटल्याण्डलाई सस्तैमा समेटेका थिए । यस जीतसँगै अफगानिस्तान समूह दुई मा शीर्ष स्थानमा उक्लिएको छ । आज टी-ट्वान्टी विश्वकपको दुई खेलहरु खेलिंदैछन् । पहिलो खेल दक्षिण अफ्रिका र वेष्टइन्डिजबीच दिउँसो ३.४५ बजे खेलिंदैछ भने दोस्रो खेल न्युजिल्याण्ड र पाकिस्तानबीच साँझ ७.४५ बजे खेलिंदैछ ।