राष्ट्रियसभाका उपाध्यक्षसहित २० जनाको पदावधि फागुनमा सकिँदै, कुन पार्टीका कति ? (सूचीसहित)

राष्ट्रियसभाका उपाध्यक्षसहित २० जनाको पदावधि फागुनमा सकिँदै, कुन पार्टीका कति ? (सूचीसहित)



काठमाडौँ । राष्ट्रियसभाका २० जना सदस्यहरुको कार्यकाल आगामी फागुन २० गते सकिने भएको छ । २०७५ असार ४ गते भएको गोलाप्रथामा ४ वर्षे कार्यकाल कायम भएका २० सांसद्लाई प्रतिस्थापन गर्न नयाँ निर्वाचन गर्नुपर्ने छ । यसकै लागि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगको टोलीबीच भेट भएको हो ।

संविधानको धारा ८६ मा राष्ट्रियसभा गठनसम्बन्धी व्यवस्थामा राष्ट्रियसभाका सदस्यहरुको पदावधि ६ वर्षको हुने छ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ ।

जसअनुसार २० जना सांसद्को ४ वर्षे कार्यकाल फागुन २० मा सकिन लागेको हो । फागुन २० गतेपछि एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना, नेकपा (एकीकृत समाजवादी)का ४ जना र नेपाली कांग्रेसका ३ जनाको पदावधि सकिनेछ । गत जेठ १७ गते भएको उपनिर्वाचनबाट राष्ट्रियसभा सदस्य भएका कांग्रेसका दृगनारायण पाण्डेय पनि पदमुक्त हुनेछन् । उनी गोलाप्रथाबाट चार वर्षे पदावधि निर्धारण गरेका चन्द्रबहादुर खड्काको स्थानमा आएकाले सोही अनुसार उनको पदावधि निर्धारण भएको हो ।

क–कसको सकिँदै छ पदावधि ?
फागुनमा पदावधि सकिने सांसद्हरु चार वटा पार्टीका छन् । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेस ।
नेकपा एमाले
नैनकला ओझा
परशुराम मेघी गुरुङ
अगमप्रसाद वान्तवा
चक्रप्रसाद स्नेही
सुमनराज प्याकुरेल
कोमल वली
रामलखन चमार
कविता बोगटी

नेकपा (माओवादी केन्द्र)
शशीकला दाहाल (राष्ट्रियसभा उपाध्यक्ष)
खिमकुमार विक
दिनानाथ शर्मा (दलको नेता)
रामनारायण विडारी (मनोनित)
जीवन बुढा

नेकपा (एकीकृत समाजवादी)
उदया शर्मा पौडेल
शान्तिकुमारी अधिकारी
शेरबहादुर कुँवर
खगेन्द्र प्रकाश पुरी

नेपाली कांग्रेस
राधेश्याम अधिकारी (दलको नेता)
दृघनारायण पाण्डेय
तारादेवी भट्ट

दुई वर्ष पदावधिको चिठ्ठा परेका १९ जना सांसद् २०७६ मा बिदा भएका थिए । उनीहरुको ठाउँमा ६ वर्षका लागि १९ जा निर्वाचित भएर आएका थिए । अब राष्ट्रियसभामा आउने २० सांसद्को कार्यकाल ६ वर्षको हुनेछ । उनीहरुको मतदान प्रदेशसभा सांसद् र गाउँ–नगर पालिका प्रमुख–उपप्रमुख हुन्छन् ।