नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म



काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने नेपाली कांग्रेस निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको हो । यसअघि मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने मिति तय भएको थियो ।

नयाँ कार्यतालिकाअनुसार अधिवेशन हुन नसकेका १३ जिल्लामा कार्तिक २७ गते वडा र ३० गते पालिका अधिवेशन हुने छ । यस्तै मंसिर ३ गते प्रदेशसभा अधिवेशन, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सातवटै प्रदेश अधिवेशन गर्ने नयाँ कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।