सुडानमा बिश्व बैंकको आर्थिक नाकाबन्दी

सुडानमा बिश्व बैंकको आर्थिक नाकाबन्दी



सुडानमा सेनाले सत्ता हत्याएपछि बिश्व बैंकले आफ्ना सबै सहयोग रोक्ने भएको छ । बिश्व बैंकको यो घोषणासँगै अरुले पनि सम्पूर्ण आर्थिक सहयोगमा नाकावन्दी लगाउने भएका छन् । अफ्रिकन युनियनले नागरिक सत्ता असंवैधानिक रुपमासेनाले हत्याएको भन्दै सबै सहयोग रोकेको छ ।

अमेरिकाले पनि सुडानमा लगानी गनरिरहेको ७० करोड डलरको सहयोग स्थगित गरेको छ । बिश्व बैंक र अफ्रिकन युनियनले सत्ता कब्जा गर्ने जनरल अब्देल फताह बुर्हानलाई नागरिक सत्ता फिर्ता गर्न दवाव समेत दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

बिश्व बैंकका अध्यक्ष डेभिड मालपासले यो राजनीतिक घटनाप्रति आफ्नो चासो व्यक्त गर्दै यसले मुलुकको सामाजिक तथा आर्थिक पुनरुत्थान र विकासमा अवरोध खडा गरेको बताएका छन् । गएको मार्च महीनामा मात्रै बिश्व बैंकले सुडानमा अरवौं डलर अनुदान घोषणा गरेको थियो ।

बिश्व बैंकले सुडानमा कृषि, यातायात, स्वास्थ्य र शिशक्षा कार्यक्रमका लागि तीन अर्ब डलर अनुदान दिने भएको अपदस्थ प्रधानमन्त्री अब्दल्ला हामडकले जानकारी दिएका छन् । सेनाले यो साताको प्रारम्भसँगै सुडानको सत्ता कब्जा गरेको हो । यसको बिरोधमा नागरिकहरु सडकमा उत्रेर चक्का जाम गर्नुका साथै प्रदर्शन गरिरहेका छन् ।

अहिलेसम्म प्रदर्शनमा उत्रेका १० नागरिकको हत्या भएको छ । राजधानी खार्तुममा सेनाले गस्ती शुरु गरेको छ र प्रदर्शनको आयोजकलाई घर घरबाट पक्राउ गरिरहेको खबर छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिरोधका बावजुद बुधवार छ देशमा रहेका सुडानी राजदूतहरुलाई हटाएको सरकारी सञ्चार माध्यमले जनाएको छ ।