November 30, 2021 मंसिर १४ , २०७८

आज एमाले स्थायी कमिटी बैठक, यी हुन् एजेण्डा

आज एमाले स्थायी कमिटी बैठक, यी हुन् एजेण्डा

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । बैठक अपराहन् ४ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा हुने भएको छ । एमालेले बाढीपहिरो प्रभावित क्षेत्रबाहेकमा ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरिसकेको छ । बैठकले राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका तय गर्न सचिव तामाङले जानकारी दिए । एमालेले १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्दैछ ।