कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म गर्ने निर्णय, संशोधित कार्यतालिका सार्वजनिक

कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म गर्ने निर्णय, संशोधित कार्यतालिका सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते गर्न निर्वाचन समितिले गर्ने निर्णय गरेको छ । बिहीबार बसेको निर्वाचन समितिको बैठकले संशोधित कार्यतालिकामा अधिवेशन गराउने निर्णय गरेको गरेको छ । पार्टीको परामर्शपछि निर्वाचन समितिले यस्तो निर्णय गरेको हो ।

सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सालगायत १२ जिल्लाको गाउँ नगर वडा अधिवेशन कार्तिक २७, गाउँ नगरपालिका अधिवेशन कार्तिक ३० र प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मंसिर ६ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मंसिर १० गते गर्ने निर्णय गरेको छ ।

सोलुखुम्बु, दार्चुला र म्याग्दी जिल्लाको प्रदेशसभा क्षेत्रीय अधिवेशन कार्तिक २७ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मंसिर १ गते गर्न तथा जुम्लाको जिल्ला अधिवेशन गर्न मंसिर १ गर्ने निर्णय गरेको छ ।

पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, झापा, मोरङ, सुनसरी, सिन्धुली, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, बाग्लुङ, नवलपुर (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बर्दिया, रुकम (पश्चिम भाग), सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेल्धरा र कञ्चनपुरलगायत ४६ जिल्लाको प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ३ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन मंसिर ६ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मंसिर १० गर्ने निर्णय गरेको छ । रसुवा र रौटहटलाई उक्त कार्यतालिकामा समावेश गरिएको छैन ।

प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । निर्वाचन समितिले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन कार्यतालिका मंसिर २१ गतेदेखि प्रारम्भ हुने उल्लेख छ ।