प्रदेश -१ को नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राईकाे दाबी पेस

प्रदेश -१ को नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राईकाे दाबी पेस



काठमाडौँ । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले दावी पेश गरेका छन् ।

सोमबार मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गरेका थिए । त्यसपछि विपक्षी गठबन्धनका दलहरूले नेता राईलाई मुख्यमन्त्री बनाउन दाबी गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्।

प्रदेशसभामा ९२ जना सांसद सासद छन् । सरकार बनाउन ४७ जना सांसद अवश्यक पर्छ । तर, एमालेको सभामुखसहित ४१ सांसद छन् । यता विपक्षी गठबन्धनमा आवद्ध दल कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १० र जनता समाजवादीका तीन जना गरी ४९ जना सांसद छन् । जुन सरकार बनाउन बहुमत संख्या हो ।