लन्डन । जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिगमा विजयी भएका छन् । मंगलबार रातिको समूह ‘ई’ को खेलमा बायर्नले फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा पोर्चुगिज क्लब एसएल बेन्फिकालाई ५–२ गोल अन्तरले पराजित गरेकाे हाे ।
बार्सिलोनाले युक्रेनी क्लब ड्यनामो केईभलाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा दोस्रो जित हासिल गरेकाे छ । घरेलु मैदानमा बायर्नको जितमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा सर्जी जिनाब्री र लिरोए सानेले १-१ गोल गरे ।
बेन्फिकाका लागि फिलिप मोराटो र डार्विन नुनेजले १-१ गोल गरे ।
घरेलु मैदानमा खेलको २६ मिनेटमा रोबर्ट लेवान्डोस्कीले बायर्नलाई सुरुवाती अग्रता दिलाए । ३२ मिनेटमा जिनाब्रीले २–० को अग्रता बनाए । ३८ मिनेटमा फिलिपले गोल गर्दै बेन्फिकालाई २–१ को अवस्थामा ल्याए ।
यसपछि सानेले ४९ मिनेटमा ३–१ को अग्रता बनाए । लेवान्डोस्कीले खेलको ६१ मिनेटमा ब्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरे ।
डार्विनले गोल गर्दा बेन्फिकाले अग्रता ४–२ मा झारेकाे छ । खेलको ८४ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै टोलीलाई ५–२ को सानदार जित दिलाए ।
राति नै भएको समूह ‘ई’ को चौथो राउण्डमा अन्शु फातीको निर्णायक गोलमा ड्यानामोलाई बार्सिलोनाले पराजित गरेकाे छ ।
युवा फरवार्ड अन्शुले खेलको ७० मिनेटमा गोल गरेका थिए । बाँकी समय गोल हुन नसक्दा च्याम्पियन्स लिगमा दोस्रो जित निकाल्यो ।
समूहको खेलसँगै ४ खेलका शतप्रतिशत जितसहित १२ अंक बनाएको बायर्न शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ । बायर्न २ खेलअघि नै प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ ।
बार्सिलोना ४ खेलबाट २ जित र २ हारका साथ ६ अंक बनाएर दोस्रो स्थानमा छ । बार्सिलोनाको भने अन्तिम १६ यात्राको सम्भावना कायम छ । ४ अंक बनाएको बेन्फिका तेस्रो स्थानमा रहँदा ड्यनामो केईभ १ अंकका साथ तालिकाको पुछारमा छ ।
प्रतिक्रिया