December 08, 2021 मंसिर २२ , २०७८

सल्यान बस दुर्घटना : मृतकको संख्या नौ पुग्यो

सल्यान बस दुर्घटना : मृतकको संख्या नौ पुग्यो

दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको यात्रुबहाक बस कपुरकोट गाउँपालिकामा दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । पाँच जना गम्भीर घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको छ भन्ने अन्य घाइतेहरूको पनि उद्धार र उपचार जारी छ ।
घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।