छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै



सुर्य भगवानको उपासना गरी श्रद्धा, निष्ठा र भक्तिपुर्वक मनाइने छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदैछ । खरनाको दिन बिहानैदेखि निराहार ब्रत बस्ते र साँझ सख्खर भएको खिर पकाई केरा, लड्डु, मुला सहितको प्रसाद चढाएर व्रतालुले समेत सोही प्रसाद खाने चलन रहेको छ ।

आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । हिजोदेखि शुरु भएको छठ पर्वको पहिलो दिन नहाय खाय सम्पन्न भइसकेको छ । छठको तेश्रो दिन अस्ताउदो सूर्यको पूजा गरिन्छ भने चौथो दिन उदाउँदो सूर्यको पूजा गरेर पर्व समापन गरिन्छ ।

पर्वमा अर्घ्य दिने पवित्र जलासय किनारमा आकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ । छठ मनाउन नदी तलाउका किनारहरुमा सजावट गरी झकिझकाउ बनाइएको छ । सन्तान सुख प्राप्ति र निर्धनताको अन्त्यका साथै आरोग्यकता लागि छठ पर्व मनाउने गरिएको पाइन्छ ।

शुरुमा मिथिलाञ्चलमा मात्र मनाइने यो पर्व हिजोआज सबै जातजाति र धर्माबलम्बीहरुले समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने गर्दछन् ।